२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको ‘प्रचण्ड’को भनाई

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सम्पन्न निर्वाचनबाट आएको परिणामलाई सकारात्मक रूपमा लिएको बताएका छन्।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नयाँ संवैधानिक व्यवस्थाभित्र सम्पन्न निर्वाचन प्रक्रियाप्रति सन्तोष व्यक्त गरे।

दाहालले बहुमत प्राप्त गरी सरकार गठनको प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीसहित सम्बन्धित पक्षलाई बधाई तथा शुभकामना दिएका छन्। उनले शान्तिपूर्ण रूपमा संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे।

उनले सरकारका जनहितमुखी तथा रचनात्मक कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

वामपन्थी शक्तिहरूले अपेक्षित परिणाम हासिल गर्न नसकेको सन्दर्भमा उनले गणतान्त्रिक प्रणालीभित्र प्राप्त कुनै पनि पक्षको विजयलाई समग्र प्रणालीकै सफलताका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे। साथै, यस्तो परिणामलाई आफूले पनि सकारात्मक रूपमा ग्रहण गर्ने उल्लेख गरेका छन्।