काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ।
पार्टी सचिवालयको मंगलबार बसेको बैठकले बुधबार दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाउने निर्णय गरेको जानकारी सचिव महेश बस्नेतले दिएका छन्।
उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमै आयोजना हुनेछ। सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि छलफल र सहकार्य अघि बढाउने निर्णय गरेको छ।
यस कार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल लाई जिम्मेवारी तोकिएको बस्नेतले जानकारी दिएका छन्।
यसअघि एमालेले ओलीको रिहाइको मागसहित देशव्यापी विरोध कार्यक्रमसमेत घोषणा गरिसकेको छ।







