२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

अ+ अ-

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । 

आयोजनाको विद्युत् गृह चिचिला गाउँपालिका–२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका कारण आयोजनाको काम पूर्ण रूपमा प्रभावित भएको छ । यसको निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले गरिरहेको छ । छ महिनादेखि तलब नपाएको भन्दै आजदेखि काम ठप्प पारिएको मजदुरहरू बताउँछन् ।

निर्माण कम्पनीले समयमा तलब भुक्तानीका लागि चासो नदेखाएपछि असुन्तष्टि जनाउँदै मजदुर तथा पेटी ठेकेदारले काम रोकेका हुन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले आयोजनाको विद्युत्गृहका मजदुरले समयमा तलब भुक्तानी माग गर्दै आन्दोलन सुरु गरेका जानकारी पाएको बताए । यसअघि पनि मजदुरले समयमा तलब भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएको उनले जानकारी दिए ।

नौ सय मेगावाटको उक्त आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको ड्याम फ्याक्सिदा र विद्युत् गृह पुखुवा क्षेत्रमा कार्यरत तीन हजारभन्दा बढी भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजनाको लागत खर्च रु एक खर्ब २० अर्ब अनुमान गरिएको छ । 

प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले नि:शुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । उक्त आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, नि:शुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्कमा छुट प्राप्त गर्ने विकास सम्झौतासम्बन्धी पत्रमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिए।