काठमाडौँ । अप्रिल फुलको दिनलाई लक्षित गर्दै नेपाल प्रहरीले नागरिकहरूलाई सचेत गराउने डिजिटल सन्देश प्रवाह गरेको छ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ‘स्क्यान मी’ भनेर एक सन्देश प्रकाशित गरेको छ। यसमा प्रयोगकर्ताले आफ्नो नाम वा विवरणसँग सम्बन्धित कुनै उजुरी वा निवेदन दर्ता भएको छ कि छैन भनेर जाँच गर्न क्युआर कोड स्क्यान गर्न सुझाव दिइएको छ।
क्युआर कोड स्क्यान गर्दा आवश्यक चेतनामूलक जानकारी प्रयोगकर्ताको मोबाइलमा उपलब्ध हुने व्यवस्था रहेको जनाइएको छ। प्रहरीले भविष्यमा यस्तै क्युआर कोडको माध्यमबाट स्क्याम हुन सक्ने सम्भावना उल्लेख गर्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।







