२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्चमा नेपाल भित्रिए १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक

अ+ अ-

काठमाडौँ। मार्चमा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।

विशेष रूपमा, दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६ सय ६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमा भारतबाट २५ हजार ७ सय २८, श्रीलंकाबाट १० हजार ७ सय ५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटकले भ्रमण गरेका छन्। भारत सबैभन्दा बढी पर्यटक पठाउने मुलुकको सूचीमा पहिलो स्थानमा रहेको छ।

त्यस्तै, चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २० र थाइल्यान्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेखनीय संख्या आएको बोर्डले जनाएको छ।

समग्रमा अन्य एसियाली मुलुकबाट ३३ हजार ४ सय ३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो।