२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

अ+ अ-

चितवन । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उनले बताए ।

गुँड खोजिसकेपछि पुन: कर्मचारी परिचालन गरी अण्डा संकलनको काम सुरु गरिने छ । उनले भने, “अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा संकलनको काम गरिने छ ।” गुँडमा रहेका अण्डा संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो ।