काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा प्रविण तामाङ (डिम्पल), बिर्जु महर्जन, सुजन कार्की, सरु गुमागाइ र विकि लामा रहेका छन्।
प्रहरीका अनुसार प्रविण तामाङ (डिम्पल) बौद्ध क्षेत्रमा श्याम लामा समूहसँग आबद्ध भई गुण्डागर्दी गतिविधिमा संलग्न रहेको पाइएको छ ।
यस्तै, प्रहरीले कलंकी–बाफल एसियाबाट बिर्जु महर्जनलाई पक्राउ गरेको छ । उनी त्यहाँ गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
यस्तै, प्रहरीले कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय सुजन कार्कीलाई पनि पक्राउ गरेको छ । त्यसैगरी, सरु गुमागाइ स्यूचाटार क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको र विकि लामा बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







