काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले आज तिलाठी कोईलाडी गाउँपालिका, सप्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
यादवसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।








