२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् ।

बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण बनेका छन् । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।

जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्छन् । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उनीहरू आफैँ तयार पार्छन् ।

स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।

फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आएका शंकर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण सांकेतिक भाषा खाजाघरलाई रोजेको बताए। “उनीहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्छन्”, उनले भने “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ ।”

दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताए । दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ ।

हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गरेका छन् भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरूका परिवार बागलुङमै बस्छन्।

धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगामा आएका थिए । शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो । घारबाट रु तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झन्छन् । हाल उनीहरूको व्यवसायमा करिब रु १० लाखको लगानी छ ।

सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए ।

“अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिएका छन्”, उनले भने “उनीहरूले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।”

हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उनीहरूले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन् । पुँजीको अभाव र सबै ग्राहकले सांकेतिक भाषा नबुझ्नु उनीहरूका लागि व्यवसायमा चुनौती बनेको छ ।