२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास सिलिन्डर साट्दा अतिरिक्त शुल्क नलिने व्यवस्था गर्न सांसदको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद सम्झना देवकोटाले उपभोक्ताले भोगिरहेको खाना पकाउने ग्यास अभाव र वितरणसम्बन्धी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले बजारमा विभिन्न कम्पनीका ग्यास उपलब्ध भए पनि उपभोक्ताले सहज रूपमा प्राप्त गर्न नसकेको अवस्था रहेको उल्लेख गरिन्। ग्यास पाइए पनि फरक कम्पनीका सिलिन्डर साट्न असहजता हुने र साट्दा अतिरिक्त शुल्क तिर्नुपर्ने प्रवृत्तिले सर्वसाधारण थप मारमा परेको उनको भनाइ थियो।

देवकोटाले ग्यास कम्पनीहरूबीच समन्वय अभावका कारण उपभोक्ताले अनावश्यक झन्झट व्यहोर्नु परेको उल्लेख गर्दै कुनै अतिरिक्त शुल्क नलिई सिलिन्डर साटासाट गर्न सकिने व्यवस्था गर्न आग्रह गरिन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा, विशेष गरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा महँगीका रूपमा देखिएको बताइन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा न्यून तथा मध्यम आय भएका परिवारको जीवनयापन प्रभावित भएको उनले जनाइन्।

साथै, उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै आवश्यक संरक्षणका लागि सरकारलाई सक्रिय हुन आग्रहसमेत गरिन्।