२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

अ+ अ-

काठमाडौँ। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी-गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्। 

बेनी नगरपालिका-९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किँदै गरेको बस र भैरहबाबाट मुस्ताङतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । 

दुर्घटनाको खबर पाउनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट ट्राफिक प्रहरी सहितको टोली परिचालन भई घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । 

तिमिल्सिनाका अनुसार बसमा चालक र सहचालक सहित ३४ जना सवार रहेकोमा चालक र सहचालक सहित ९ जना सकुशल रहेका छन् । बस र ट्रक एक आपसमा ठोक्किँदा अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका ६२ वर्षीय दीपकराज मित्तल,सोही ठाउँका ६३ वर्षीय शंकरलाल केशवानी, भारत मध्य प्रदेश घर भएका वर्ष ४२ की कृति शर्मा,सोही ठाउँका वर्ष ३८ का गौरव सेनी,भारतको गुजरात वस्ने वर्ष ७२ का राज अडोलिया,सोही ठाउँका वर्ष २० की सिम्रण साहा र  भारत हरियाना वस्ने वर्ष ६७ का प्रेमा शर्मा घाइते भएका छन्। 

भारत उत्तर प्रदेश वस्ने वर्ष ५३ की अल्का गुप्ता,भारत जयपुर राजस्थान वस्ने वर्ष ५८ का अरबिन्द भट्ट, भारतको नयाँ दिल्ली बस्ने वर्ष ६९ का रामगोपाल शर्मा, सोही ठाउँका वर्ष ४८ की बन्धना शर्मा,भारत मध्य प्रदेश बस्ने वर्ष ३७ कि रिचा कौशिया, सोही ठेगानाका वर्ष ३९ का गौरब कौशिक,भारत गुजरात घर भएका बर्ष ४८ का बिनित गोयल र सोही ठेगानाका बर्ष ४२ कि निरु चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

बस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका वर्ष ३१ का विकास जिसीको अस्पतालमा उपचार भइरहेको र ट्रक चालक पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका वर्ष २८ का नारायण प्रसाद शर्मा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।