२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करण केसीलाई क्यानले गर्‍यो कारवाही 

अ+ अ-

काठमाडौँ । विवादित स्ट्याटसलाई लिएर क्रिकेटर करण केसी कारवाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

प्रतिबन्धका कारण केसीले आजको म्याच खेल्न पाएनन् । आज नेपाल पुलिस र मधेसबीचको म्याचमा उनी छुटेका हुन् । करणले पुलिस टीमबाट खेल्दै आएका छन् । आजको म्याचको म्याच फी पनि काटिएको छ ।

करणको अभिव्यक्ति खेल भावना अनुरूप नभएको क्यानको ठहर छ । प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उनलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाइएको साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय भएको उल्लेख छ ।

करणले हिजो फेसबुकमा अम्पायरहरूप्रति धम्कीयुक्त स्ट्याटस लेखेका थिए । कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ? भन्ने उनको प्रश्न थियो । करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो । करणले हिजै उक्त स्ट्याटस हटाएर क्षमा याचना गरिसकेका छन् । 

क्यानका प्रवक्ता छुम्बी लामाले पछिल्लो चरणमा खेलाडीहरू र अम्पायरबीच देखिएको असमझदारीलाई क्रिकेट संघले नजिकबाट नियालिरहेको बताए । करणको स्ट्याटसमाथि पनि क्यानको ध्यानाकर्षण भएको उनको भनाइ छ ।