काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक जारी छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रो पटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बसेको हो ।
आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दै छ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । यो बैठक पूर्वनिर्धारित हो । उक्त बैठक बस्नुअघि अनुशासन समितिको बैठक बसेको हो ।







