२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो पीएम कपको उपाधि

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको हो । 

सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। इमरान शेखले अविजित ४६ रनको योगदान दिए भने बसिर अहमदले ४५, तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रन जोडे।

बलिङतर्फ सूदुरपश्चिमका हेमन्त धामीले दुई तथा बिकास आग्री, शेर मल्ल र अशोक धामीले एक-एक विकेट लिए।

त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन जोड्यो। अशोक धामीले ४३, किरण ठगुन्नाले ३५, नारायण जोशीले २९, तथा हेमन्त धामीले १६ रन जोड्दा सुरुवाती ब्याट्सम्यान फ्लप सावित भए।

ओपनर अभिषेक पलले ९, खडक बोहरा र नरेन भट्टले १-१ रन बनाउँदा राजु बोहरा र दीपक बोहराले ७-७ रनमात्रै जोडे।

बलिङतर्फ आर्मीका आकाश चन्द र शाहब आलमले तीन-तीन विकेट लिए भने बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए। पिएम कपको इतिहासमा बिनाविभागीय टोलि सुदूरपश्चिमले पहिलोपटक फाइनल खेलेको थियो।

पहिलो संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल नतिजाविहिन भएको थियो।

यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो।

छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो।

0 Comments