२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा गुण्डागर्दी-आपराधिक पृष्ठभूमिका एक हजार ९७ जनाको प्रोफाइल तयार, निगरानी प्रणाली थप सुदृढ

अ+ अ-

काठमाडौँ । पछिल्ला दिनमा आपराधिक गतिविधि नियन्त्रणलाई केन्द्रमा राख्दै काठमाडौँ प्रहरीले गुण्डागर्दी तथा अन्य आपराधिक पृष्ठभूमिसँग सम्बन्धित व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइलिङ प्रक्रिया अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म कुल १ हजार ९७ जनाको व्यक्तिगत तथा आपराधिक विवरणसहितको प्रोफाइल तयार पारिएको छ। परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार यो सूचीमा विगतमा आपराधिक गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूसँगै विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्ति पनि समेटिएका छन्।

प्रहरीका विवरणअनुसार विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न अवैध गतिविधिमा संलग्न रहेका, पटक-पटक पक्राउ परेर मुद्दा खेपिसकेका तथा सामाजिक सञ्जालमार्फत समूह विस्तार र प्रचारमा सक्रिय व्यक्तिहरूको समेत प्रोफाइल तयार गरिएको छ।

तयार पारिएको प्रोफाइलमा सम्बन्धित व्यक्तिको फोटो, नाम, ठेगाना, पेशा, आपराधिक अभिलेख प्रणाली (सीआरएस) विवरण, उनीहरूको सम्बन्ध सञ्जाल, पारिवारिक पृष्ठभूमि, यात्रा इतिहास तथा अन्य आवश्यक कागजातहरू समावेश गरिएको प्रहरीले जनाएको छ।

यस प्रकारको अभिलेखले निगरानी प्रणालीलाई प्रभावकारी बनाउने र कुनै पनि आपराधिक घटना भएमा तत्काल कानुनी कारबाही अघि बढाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ।

गुण्डागर्दीसँगै लागूऔषध कारोबार र चोरीमा संलग्न दोहोरिएका व्यक्तिहरूको पनि छुट्टै प्रोफाइल तयार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि काठमाडौँ परिसरले सञ्चालन गरेको ‘सेफ्टी काठमाडौँ’ अभियानअन्तर्गत एकै दिन १९५ जनालाई नियन्त्रणमा लिइएको थियो। साथै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गरिएको अर्को कारबाहीमा पनि गिरफ्तारी भएको थियो, जसमा २४ जना गुण्डागर्दी पृष्ठभूमिका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

तीमध्ये केही व्यक्तिहरू धरौटीमा रिहा भएका छन् भने केही अझै प्रहरी हिरासतमा रहेको जनाइएको छ।

0 Comments