२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छैटौँ कटारी गोल्डकप: आज उपाधिका लागि झापा र नाइजेरियाबीच प्रतिस्पर्धा हुँदै

अ+ अ-

कटारी (उदयपुर) । जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबीच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार सम्पन्न सेमिफाइनलमा टाइपब्रेकरमा साविक उपविजेता शहलेस फुटबल क्लब, सिरहालाई ४–३ गोल अन्तरले पराजित गर्दै जोन फाइनलमा प्रवेश गरेको थियो । झापाले बुधबार भएको सेमिफाइनल खेलमा आयोजक कटारी–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

कटारीस्थित टाइगर खेल मैदानमा कटारी नगर खेलकुद विकास समितिको आयोजनामा गत चैत्र २८ गतेदेखि सुरू भएको प्रतियोगिता जारी छ । प्रतियोगिताको विजेताले रु पाँच लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले प्रतिविधा रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने समितिका अध्यक्ष दिपक राईले जानकारी दिए । प्रतियोगितामा आमन्त्रित नाइजेरियाको जष्ट जोन, भारतको रिभर दि स्पोर्टिङ सिक्किम र नेपालका छ समूह सहभागी भएका छन् ।

0 Comments