२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

अ+ अ-

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) को आयोजनामा आज यहाँ भएको २१ दशमलव एक किलोमिटरको हाफ म्याराथनअन्तर्गत पुरुषतर्फ रोकाया र महिलातर्फ श्रेष्ठले उपाधि जितेका हुन् । राजनले एक घण्टा ४:०३ मिनेटमा उक्त दूरी पूरा गरे । पुरुषतर्फ शीर्ष तीनमा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रह्यो । अर्जुन बुढाले उक्त दूरी एक घण्टा ६:०४ मिनेटमा पार गरी दोस्रो र सुशील शाही एक घण्टा ६:५ मिनेट पार गरी तेस्रो भए ।

काठमाडौँका तीर्थ पुन एक घण्टा ७:४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ एक घण्टा ८:०२ मिनेटका साथ पाँचौँ र आर्मीकै नरेन्द्र राउत एक घण्टा ९:०३ मिनेटका साथ छैटौँ भए ।

महिलातर्फ सन्तोषीले एक घण्टा १८:११ मिनेटमा पूरा गरेर विजेता बनेकी हुन् । आर्मीकी निशा पाल एक घण्टा १८:२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २३:१३ सेकेन्डका साथ तेस्रो भए ।

आर्मीकी निर्मला केसी एक घण्टा २५:५४ मिनेटका साथ चौथो, एपिएफकी फुलमती राना एक घण्टा २८:४३ मिनेटका साथ पाँचौँ र सोनसरी रोकाया एक घण्टा ३२:०३ सेकेन्डका साथ छैटौँ भए ।

हाफ म्याराथन पुरुष र महिला तर्फका विजेतालाई रु एक लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौँ हुनेले क्रमश: रु ७५ हजार, रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।

कान्तिपुर टेलिभिजनको कार्यालय, तीनकुने अगाडिबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुन: तीनकुनेमा आएर टुगिंएको थियो ।

यसैगरी, ह्विलचेयर पाँच किलोमिटर दौडतर्फ रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल विजेता बनेका छन् । पुरुषतर्फ खत्रीले नौ मिनेट २९:२२ सेकेन्डमा प्रथम भए । यस्तै, दीपक आलेमगर ११ मिनेट ०६:०२ सेकेन्डसहित दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७:०५ सेकेन्डसहित तेस्रो भए ।

सोही विधाको महिलातर्फ अछामकी कुमालले १२ मिनेट २६:९९ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्रीमगर १३ मिनेट ३०:६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०:०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले क्रमश: रु ३५ हजार, रु २५ हजार र रु १५ हजार नगद पाए ।

‘रन फर नेपाल’ नारासहित भएको म्याराथनको उद्घाटन दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले गरेका थिए ।

0 Comments