२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने

अ+ अ-

काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालयबाट सोमबारदेखि सेवा सुरु हुने भएको छ । 

गत माघ ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार यहाँ स्थापना भएको कार्यालयबाट पहिलो पटक सेवा सुरु हुन लागेको हो । उक्त कार्यालयबाट अब नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन संकलन तथा कार्ड वितरणलगायत काम हुने छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवाहरूलाई छिटो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अब रास्कोटबाट प्रदान गरिने बताए । इलाका प्रशासन कार्यालयबाट रास्कोट नगरपालिका र  पलाँता, पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिकाका नागरिक लाभान्वित हुने उनले बताए। 

“यस व्यवस्थाले सेवाग्राहीलाई लामो यात्रा गरी जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई सहज रूपमा सेवा प्राप्त हुनेछ । त्यस क्षेत्रका करिब ५० हजार नागरिक लाभान्वित हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने । 

रास्कोट नगरप्रमुख धर्मराज शाहीले लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा खुसी व्यक्त गरे ।

“यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ । त्यो माग पूरा भएको छ”, उनले भने, “अब यस क्षेत्रका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले समय, खर्च र त्यससँग जोडिएका अन्य समस्या पनि समाधान हुनेछन् ।”

0 Comments