२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाही सीमा फेरि विवादमा- तस्करीको १.२ टन चिनियाँ लसुन र ३.७ टन बीउ भारतमा बरामद 

अ+ अ-

सर्लाही। सर्लाहीका विभिन्न खुला सीमानाकाहरू प्रयोग गरी भारततर्फ तस्करी गरिँदै आएको चिनियाँ सामान फेरि ठूलो परिमाणमा समातिएको छ । पछिल्लो घटनाले सीमाक्षेत्रमा अवैध कारोबार नियन्त्रणभन्दा बाहिर जान थालेको संकेत गरेको छ ।

भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले शुक्रबार दुई वटा महिन्द्रा बोलेरो पिकअप गाडीबाट उल्लेख्य मात्रामा चिनियाँ लसुन र काँक्रोको बीउ बरामद गरेको जनाएको छ । 

बरामद सामानको विवरण अनुसार करिब १ हजार २०६ किलोग्राम (६७ पोका) चिनियाँ लसुन र ३ हजार ७२४ किलोग्राम काँक्रोको बीउ फेला परेको छ, जुन अवैध रूपमा सर्लाहीको सखुअवा र संग्रामपुर नाका हुँदै भारत पुर्‍याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

घटनामा संलग्न दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ, भने प्रयोग गरिएका सवारी साधनसमेत जफत गरिएको छ । पक्राउ परेका व्यक्तिहरू र बरामद सामानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोनबरसा भन्सार कार्यालय, सीतामढीमा बुझाइएको भारतीय पक्षले जनाएको छ । 

सर्लाहीको सीमावर्ती क्षेत्र लामो समयदेखि तस्करी तथा अवैध व्यापारको “हटस्पट” का रूपमा चिनिँदै आएको छ । खुला सीमा, प्रहरी प्रशासनको कमजोर निगरानी र स्थानीय स्तरमा हुने सेटिङका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।

0 Comments