२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने छ जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका–११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौँ गोकर्णेश्‍वर नगरपालिका–८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ,  सिर्जनाले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रुपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रुपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । 

सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा  विभिन्न स्थानबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

0 Comments