२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना मार्फत व्यावसायिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधनका लागि विभिन्न कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो । प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८ औँ बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवर्द्धक कम्पनीसँग सम्पन्न विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखित प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजातको विवरण पेस गर्नुपर्नेछ । यस्तै, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनु अगावै त्यसका लागि प्राधिकरणमा पेस गरेको आवेदन जरुरी पर्नेछ ।

यस्तै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सवस्टेशनको निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण जरुरी पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । निजी क्षेत्रका प्रवर्द्धकले लामो समयदेखि व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख छ ।

0 Comments