सार्वजनिक खरिदमा नयाँ मोड : सोह्रौँ संशोधनले खोजेको सुधार, अवसर र कार्यान्वयनका चुनौती
१. विषय प्रवेशसार्वजनिक खरिद राज्यको वित्तीय व्यवस्थापन, पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, निजी क्षेत्रको सहभागिता तथा सुशासनको महत्त्वपूर्ण आधार हो। सार्वजनिक स्रोतबाट हुने खरिद प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक, मितव्ययी, गुणस्तरीय र...