२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र दलित अधिकार कार्यान्वयनमा सरकारको ध्यान आवश्यक’ : सांसद सुनार

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सुशासन, दलित अधिकार कार्यान्वयन तथा विधायिकी प्रक्रियासम्बन्धी विषयमा सरकार र संसदीय संरचनाको भूमिकाप्रति गम्भीरता आवश्यक रहेको सुझाव उठाइएको छ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनारले संविधानले प्रत्याभूत गरेका दलित समुदायका अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै सरकार र सम्बन्धित समितिहरूले यसतर्फ थप जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका हुन्।

उनले समितिहरूमा उपसमिति गठन प्रक्रिया, कानुन निर्माणमा देखिएको ढिलाइ तथा पछिल्ला दिनमा सार्वजनिक भएका जातीय विभेदका घटनाप्रति राज्य संयन्त्रको भूमिकाबारे प्रश्न उठाए।

सांसद सुनारले समितिको कार्यप्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन तीन वटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुपर्ने सुझाव समेत दिएका छन्। संविधानको धारा ४० अन्तर्गत दलित अधिकार कार्यान्वयनका लागि अघि सारिएको संकल्प प्रस्ताव व्यवहारमा नउत्रिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

उनका अनुसार यस विषयमा सम्बन्धित मन्त्री तथा सचिवलाई समितिमा बोलाई तत्काल छलफल गर्न आवश्यक छ।

छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक नजिकिँदै गर्दा पनि दलित समुदायमाथि हिंसा र संरचनागत विभेद पूर्ण रूपमा अन्त्य हुन नसकेको उनको भनाइ छ। हालै सुर्खेतकी इनिषा विक र सिन्धुलीका कृष्ण विश्वकर्माको अन्तरजातीय विवाहसँग जोडिएको घटनामा भएको हत्या प्रसंग उल्लेख गर्दै उनले राज्य संयन्त्रको कमजोरी उजागर भएको टिप्पणी गरे।

यस्ता संवेदनशील घटनामा तत्काल प्रतिक्रिया जनाउने, अनुगमन टोली परिचालन गर्ने तथा आवश्यक नीति निर्माणका लागि उपसमितिहरू सक्रिय हुनुपर्नेमा सांसद सुनारले जोड दिएका छन्।

0 Comments