२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।

पालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर पवन विष्टले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पालिकाले ११ वटा पुल, ३३ वटा सडक र पाँचवटा खानेपानीका योजना सम्पन्न भएका छन् । “२६.५६ किलोमटर सडक निर्माण भएकामा ४.२६ किलोमिटर सडक कालोपत्र भएको छ”, उनले भने, “वडास्तरबाट माग भएका योजनालाई प्राथमिकतामा राखेर पूर्वाधार विकासमा जोड दिएका छौँ ।”

त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा पालिकाले ३६.७२ किलोमिटर सडक निर्माण गरेको छ । आव २०७९/८० मा २९ किलोमिटर सडक निर्माण भएको थियो । ‘समृद्ध बेदकोट’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित पूर्वाधारलाई विकासको मेरुदण्डका रूपमा अघि सारेको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्र गतिमा अघि बढाइएको पालिकाले जनाएको छ । पालिकाले ग्रामीण क्षेत्रसम्म सडक विस्तार गरेपछि सहज आवागमन हुँदा स्थानीय उत्पादनको बजार पहुँचमा पनि सुधार भएको स्थानीयवासी खुसी रानाले बताए । 

“सडक कालोपत्र नभए पनि धेरै सडक ग्राभेलसम्म हुँदा किसानलाई सहज भएको छ”, उनले भने, “यसअघि सडक नहुँदा हामीले उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउन बाटोकै कारण देखाएर चर्को भाडा तिर्नुपर्ने बाध्यता थियो ।” अहिले गाउँमा किसानले उत्पादन गरेका तरकारी, दूध र अन्य खाद्यान्न बिक्री गर्न सहज भएको उनको भनाइ छ । 

पालिकाले पूर्वाधार विकासमात्र नभएर रोजगारी सृजना हुनेगरी उद्योग स्थापना गर्न पहल गर्नुपर्ने स्थानीयवासी विष्णु जोशीले बताए। “पूर्वाधार विकास भइसक्यो, अब मझौला उद्योग स्थापना गरेर रोजगारी सृजना गर्नेतर्फ पालिकाले योजना बनाउनुपर्छ”, उनले भने, “पालिकाले पूर्वाधार विकास गर्दा अपाङ्ग र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माणमा जोड दिनुपर्दछ ।” 

0 Comments