काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बुधबार हावाहुरीसहित वर्षा भएको छ। मौसम बदलिएसँगै वातावरण असामान्य रूपमा अँध्यारो बनेको देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यसअघि नै अपराह्नदेखि हावाहुरीसहित वर्षा हुने सम्भावना औँल्याएको थियो। सार्वजनिक पूर्वानुमानअनुसार करिब ४ बजेदेखि मौसम सक्रिय हुन थालेको थियो।
महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, वर्षा र हुरीको सम्भावना रहेको जानकारी दिएको थियो। प्रभावित हुन सक्ने जिल्लाहरू र सम्भावित समयावधिबारे पनि विभागले विवरण सार्वजनिक गरेको जनाएको छ।
मौसम प्रतिकूल बनेसँगै सर्वसाधारणलाई सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।







