काठमाडौँ । उपसभामुख रुबी कुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छिन् ।
स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिइन् । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकले उनाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।







