२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच शय्याको अस्पताल

अ+ अ-

गलकोट (बागलुङ) । जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । दुर्गम क्षेत्रका स्थानीय बासिन्दालाई सहज र नजिकबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पतालबाट स्थानीयस्तरमै आधारभूत उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको हो ।

हालसम्म सामान्य स्वास्थ्य उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासीका लागि यो अस्पताल ठूलो उपलब्धि मानिएको छ । विशेषगरी आकस्मिक अवस्था, गर्भवती महिलाको सेवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उपचारमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको तमानखोला गाउँपालिका उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताए। 

खुङ्खानीमा समाज काठमाडौँ र स्वास्थ्यचौकी व्यवस्थापन समितिको पहलमा स्थानीयबाट रु २८ लाख बढी रकम संकलन गरी रु १८ लाखमा जग्गा खरिद गरेर अस्पताल निमार्ण सुरु गरिएको थियो । विसं २०७८ मा पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण सुरु गरिएकामा पुनर्निर्माण म्याद सकिएसँगै सघन सहरी विकास कार्यालय बागलुङले कामको जिम्मा लिएको थियो । 

करिब सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त अस्पतालले खुङ्खानी स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आइएको सम्पूर्ण सेवा उपलब्ध गराउने तमानखोला गाउँपालिका–५ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हीराबहादुर विश्वकर्माले बताए। उनका अनुसार आधुनिक संरचनाअनुसार निर्माण गरिएको अस्पतालमा आवश्यक पूर्वाधार तयार भइसकेका छन् भने स्वास्थ्य सामग्री व्यवस्थापन र जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

“अहिलेलाई नयाँ भौतिक संरचनामा रहेर अत्याधुनिक र सुविधासम्पन्न सेवा थप होला भन्नेमा आशावादी छौँ”, स्थानीय तेजमान र्सिपालीले भने, “अस्पताल निर्माण हुनु भनेको यहाँका स्थानीयका लागि ऐतिहासिक उपलब्धि हो । यसले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।” अब गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् । उनले प्राथमिक उपचारको लागि मात्र नभएर अन्य थप सेवा पनि लिनको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। 

तमानखोला गाउँपालिका-५ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माले अस्पताल सञ्चालनमा आएपछि प्राथमिक स्वास्थ्य सेवासँगै सामान्य परीक्षण, औषधि वितरण, सुत्केरी सेवा तथा आधारभूत प्रयोगशाला सेवा उपलब्ध गराउने योजना रहेको बताए। 

यसले स्थानीयवासीको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आधारभूत अस्पतालमा मापदण्ड पूरा भए पनि प्रदेश सरकारबाट मान्यता नपाउँदासम्म भने स्वास्थ्य चौकीकै सेवा प्रदान भइरहने छ । अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उपाध्यक्ष हीराकुमारी छन्त्यालको भनाइ छ । 

अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुनसकेमा यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने विश्वास स्थानीयको छ ।

0 Comments