२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले श्रमिकहरूको संगठन गर्ने तथा ट्रेड युनियनमार्फत अधिकार संरक्षण गर्ने संवैधानिक हक सीमित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारले ट्रेड युनियन गतिविधिमाथि नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन्।

श्रेष्ठले श्रमिक हितका लागि स्थापित संगठनात्मक अधिकारमाथि प्रतिबन्ध लगाउने कदम दुस्साहसपूर्ण भएको उल्लेख गर्दै त्यस्ता निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनका अनुसार श्रमिकको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न आवश्यक पर्ने लोकतान्त्रिक संघर्ष रोक्न सम्भव छैन।

उनले श्रमिक वर्गको तात्कालिक हकहित, श्रम अधिकार तथा संगठन स्वतन्त्रताको रक्षा वास्तविक कम्युनिस्ट र समाजवादी शक्तिहरूले मात्र प्रभावकारी रूपमा गर्न सक्ने धारणा राखेका छन्।

नेपालको सन्दर्भमा श्रमिकको अधिकार सुनिश्चित गर्न, श्रमको उचित मूल्य निर्धारण गर्न तथा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि निरन्तर प्रयास आवश्यक रहेको उनले बताएका छन्।

श्रेष्ठले रोजगारीका अवसर विस्तार, श्रमिकको जीवनस्तर सुधार तथा श्रमसम्बन्धी कानुन र अधिकारको पूर्ण कार्यान्वयनतर्फ सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेका छन्।

उनका अनुसार श्रमिक दिवस श्रमिक वर्गले सम्मान, न्याय र अधिकारका लागि गरेको ऐतिहासिक संघर्षको स्मरण गर्ने अवसर हो। समाज र राष्ट्र निर्माणमा श्रम, पसिना र समर्पणमार्फत योगदान पुर्‍याउने श्रमिक वर्ग नै उत्पादनशील शक्तिको मूल आधार रहेको उनले बताएका छन्।

0 Comments