२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्प दंशबाट हुने मृत्युदर र अपांगतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्प दंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले बताए।

“सेवा विस्तार गरिने सर्प दंश उपचार केन्द्रमा उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ”, उनले भने, “ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न चिकित्सक तथा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीका लागि दुई दिने विशेष तालिम सञ्चालन गरी सर्प दंश उपचारमा दक्ष बनाइएको छ ।”

उनका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्प दंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार विगतमा डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटीमा सर्प दंशका बिरामीको मृत्यु हुने गरेको छ ।

सर्प दंश उपचारमा नेपाली सेनाको भूमिका प्रशंसनीय छ । नेपाली सेनाले विभिन्न स्थानमा आफ्नै उपचार केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ । सुदूरपश्चिमकै कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा रहेका उपचार केन्द्रबाट नागरिकले प्रभावकारी सेवा पाइरहेका छन् । सेना र सरकारी अस्पतालबीचको समन्वयले सर्प दंश व्यवस्थापन थप सुदृढ भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा विगत पाँच वर्षदेखि सर्प दंशका कारण हुने मृत्युदर शून्य रहेको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए। उनका अनुसार पछिल्लो छ महिनामा मात्रै ३२ जना विषालु सर्पले टोकेका बिरामी उपचारका लागि आएकामा सबैको सफलतापूर्वक उपचार गरिएको छ । विशेषज्ञ चिकित्सक तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको सक्रियताका कारण जटिल अवस्थाका बिरामीको पनि ज्यान जोगाउन सम्भव भएको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार सर्प दंशका बिरामीलाई भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्‍याउन नसक्नु, जनचेतनाको कमी, झारफुक गर्ने, वैद्यकहाँ जाने वा घरेलु उपचारमा अल्झिने प्रवृत्तिका कारण बिरामीको मृत्यु हुने गर्दछ । “यसले गर्दा विष शरीरमा फैलिन पाउँछ र अस्पताल पुग्दा निकै ढिलो भइसकेको हुन्छ”, उनले भने, “ढिला गरी अस्पताल ल्याइने बिरामीको ज्यान जोगाउन चिकित्सकलाई पनि निकै कठिन हुने गर्दछ ।”

सर्प दंशका बिरामीलाई एम्बुलेन्समा ल्याउँदा कहिलेकाहीँ बाटोको अवस्था र ढिलाइका कारण जोखिम बढ्न सक्ने उनले उल्लेख गरे । ग्रामीण भेगमा मोटरसाइकलमार्फत तत्काल अस्पताल ल्याउँदा जोखिम कम हुने र यो विधि बढी प्रभावकारी हुने उनको सुझाव छ । मोटरसाइकलले छिटो र सहज रूपमा बिरामीलाई उपचार केन्द्रसम्म पुर्‍याउन मद्दत गर्ने भएकाले यसलाई वैकल्पिक उपायका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

उनले जथाभाबी सर्प मार्दा पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा नकारात्मक असर पर्ने बताए । सर्पले प्राकृतिक चक्र सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले शत्रुका रूपमा हेर्नुभन्दा पनि टोकाइबाट बच्ने उपाय अपनाउनु र सुरक्षित दूरी कायम गर्नु बुद्धिमानी हुने उनको भनाइ छ ।

सरकारले लिएको सन् २०३० को लक्ष्य हासिल गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधारको विकास, ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता तथा स्वास्थ्यकर्मीको निरन्तर तालिम अपरिहार्य रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

0 Comments