काठमाडौँ। सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत कपनको साततले क्षेत्रमा रहेको बस्ती खाली गराउन १३ वटा डोजर परिचालन गरिएको छ।
सरकारी निकायले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थित बसोबास हटाउने अभियानलाई निरन्तरता दिँदै आज कपन क्षेत्रमा कारबाही अघि बढाएको हो।
यसअघि पेप्सीकोला, बल्खु, बालाजु तथा थापाथलीलगायतका स्थानमा रहेका सुकुम्वासी बस्तीहरू पनि हटाइसकिएको प्रशासनिक स्रोतले जनाएको छ। अभियान अन्तर्गत सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने कार्यलाई क्रमशः विस्तार गरिँदै लगिएको बताइएको छ।







