काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनले सोमबार पार्टी सभापति गगनकुमार थापा समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अध्यक्ष विश्वकर्माले पारिवारिक तथा स्वास्थ्यसम्बन्धी कारणले जिम्मेवारी निरन्तर निर्वाह गर्न असमर्थ भएको उल्लेख गरेका छन्। सोही कारण पदबाट अलग हुने निर्णय गरेको उनको भनाइ रहेको जनाइएको छ।
उनीलाई २०८० असोज १३ गते तत्कालीन सभापति शेरबहादुर देउवा द्वारा नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरिएको थियो।
यसअघि पनि नेपाली काँग्रेसकै भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सभापति थापासमक्ष राजीनामा बुझाइसकेको उल्लेख गरिएको छ।








