२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा अस्पतालमा सेवा लिनेको संख्या बढ्दै

अ+ अ-

गोरखा । प्रदेश अस्पतालमा स्तरोन्नति भएपछि गोरखा अस्पतालमा सेवा दिनेको संख्या बढ्दै गएको छ । विशेष गरी शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा एक हजारभन्दा धेरै जनाले शल्यक्रिया सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ । 

 वैशाख पहिलो हप्तासम्ममा एक हजार १९० जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी चन्द्र खत्रीले जानकारी दिए । तीमध्ये पाँच ९६ जनाको ‘मेजर’ शल्यक्रिया, दुई सय ३४ जनाको मध्यम र तीन सय ६० जनाको ‘माइनर’ शल्यक्रिया गरिएको उनले बताए । 

चालु आर्थिक वर्षको हालसम्ममा अस्पतालले सबैभन्दा धेरै छ सय ३२ जनाको जनरल सर्जरी गरेको छ । यस्तै, तीन सय २२ जनाको स्त्री रोग तथा प्रसूतिसम्बन्धी शल्यक्रिया र २३६ जनाको अर्थोपेडिक्स तथा ट्रमासम्बन्धी शल्यक्रिया भएको छ । 

 प्रदेश अस्पताल गोरखाले जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९६ जनालाई शल्यक्रिया सेवा प्रदान गरेको थियो । गत आवमा पाँच सय सात जनाको मेजर शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी खत्रीले बताए। 

चालु आवमा हालसम्म १० हजार ५६ जनाले युएसजी सेवा, छ हजार १८२ जनाले इसिजी, दुई हजार ६४३ जनाले फिजियोथेरापी तथा छ हजार ४७३ जनाले आयुर्वेद सेवा लिएका छन् । 

 यसैगरी, १६ जना लैंगिक हिंसापीडित तथा प्रभावित व्यक्तिहरूले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट नि:शुल्क सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ । अस्पतालको सामाजिक सेवा इकाइअन्तर्गत गरिब, असहाय, ज्येष्ठ नागरिक, लैंगिक हिंसापीडित जस्ता समस्यामा परेका पाँच सय आठ जनाले नि:शुल्क तथा सहुलियत सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ । 

 पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा अस्पतालको न्यूनतम सेवा मापदण्ड ९० प्रतिशत कायम भएको र जुन गण्डकी प्रदेशकै उत्कृष्ट रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताए । उनका अनुसार गोरखा अस्पतालले गोरखा नगरपालिकासँगको साझेदारीमा ‘आधारभूत स्वास्थ्य सेवा’ समेत सञ्चालनमा ल्याएको छ । 

 उक्त सेवाअन्तर्गत गोरखा नगरवासीले अस्पतालका सेवामा विशेष छुट पाउने व्यवस्था रहेको समितिका अध्यक्ष ढकालले जानकारी दिए । प्रदेश अस्पतालले हालसालै इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको, फिजियोथेरापी सेवा विस्तारका साथै प्रयोगशाला सेवा र आयुर्वेद सेवा सुदृढीकरण गरिएको उनले बताए

 अस्पतालमा भीड व्यवस्थापनका लागि बिहान ८:०० बजेदेखि नै ओपिडी सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालले जानकारी दिए। अन्य आकस्मिक सेवाहरू भने चौबिसै घण्टा सञ्चालन भइरहेका छन् ।

0 Comments