२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग मियोसको शिष्टाचार भेटवार्ता

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । 

उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताए ।  “लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्”, उनले भने, “विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।” 

नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसंघीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा नेपाल–नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरे । 

राजदूत मियोसले नेपाल र नर्वेको संविधानमा लोकतन्त्र, मानवअधिकार तथा सामाजिक न्यायजस्ता साझा मूल्यहरू रहेको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा दुवै मुलुकले सहकार्य गर्न सक्ने बताइन् । राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धतापत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट पारिन् । रासस 

0 Comments