२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धारापानीवासी कुटानी पिसानी गर्न पानी घट्टकै भर

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारा पानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एक मात्र माध्यम यही घट्ट हो ।

यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न बाध्य छन् । पिसानी गरेबापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ । यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्‍याउँदै आएको छ ।

पचास वर्षीय साइमले धामीको ११ सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ । घट्ट धामी परिवारले चलाउँदै आएका छन । कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आएका छन् । “घट्ट सञ्चालन गरेबापत प्राप्त हुने पिठोले करिब चार महिना पुग्छ, बाँकी समय पाखो जमिनको उत्पादनले धानिन्छ”, उनले भने ।  

एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको यो परिवार हाल धारा पानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको छ । यसका अतिरिक्त धामी परिवारले सानो किराना र चियाको पसल पनि राखेका छन । त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

  “पहिले धारा पानी घुम्न आउने आन्तरिक पर्यटक निकै चहलपहल हुन्थ्यो कमाइ पनि ठिकै थियो”, उनले भने, “सडक असुविधा कारण हाल थोरै मात्रै पर्यटक आउँदा आम्दानी पनि थोरै हुने गरेको छ ।” घरका युवाहरू भने कामकै खोजीमा भारततर्फ लागेको उनी बताउँछन्। 

स्थानीय जयलाल धामीका अनुसार धारा पानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिन्छ । विसं २०४० देखि उहाँको परिवार यही क्षेत्रमा बस्दै आएको छ । “गहुँ मकैलगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै रहेको छ”, उनले भने, “ कुटानी पिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नु पर्ने हुन्छ, सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एक मात्रै कुटानी पिसानीको साधनका रूपमा रहेको छ ।” गाउँका युवाहरू सबै भारततर्फ कमाउनका गएकाले गाउँमा बुढापाकाहरू मात्रै भएकाले पनि घट्टमै भर पर्नुपरेको उनले सुनाए । 

उनका अनुसार, कसानी, बेलडाँगा, धारा पानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालैपालो यहाँ पुगेर पिठो पिस्ने गर्छन् । पिसानीको सट्टा आधा किलोदेखि एक किलोसम्म पिठो दिने चलनले सञ्चालकको जीविका धानिएको छ । चारैतिर जंगल र नदीले घेरिएको धारा पानीमा हाल १४ परिवार बसोबास गर्दै आएका छन्  । 

0 Comments