२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

अ+ अ-

चितवन । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । केन्द्रले गत आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गर्दै आएकामा यस वर्ष थप दुई प्रकारका औषधि उत्पादन गरेको हो ।

औषधि व्यवस्था विभागबाट २० प्रकारका औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको भए पनि अहिले ११ वटा मात्रै उत्पादन गर्दै आएको केन्द्रका प्रमुख डा.सुरेश महर्जनले जानकारी दिए । 

उनका अनुसार अहिले उत्पादन हुँदै आएकामा चूर्ण (धुलो) औषधि हुन् । केन्द्रले अब ट्याब्लेटमा औषधि उत्पादन गर्दैछ । पहिलो पटक नौ प्रकारका ट्याब्लेट औषधि उत्पादनका लागि अनुमति लिएर काम सुरु गरेको उनले बताए। उनले भने, “पहिलो पटक हामी ट्याब्लेट औषधि उत्पादन गर्ने प्रक्रियामा रहेका छौँ ।”

केन्द्रले अहिले अश्वगन्धा चूर्ण ५० ग्राम र १०० ग्राम, अविपतिकर चूर्ण ५० ग्रम, महासुदर्शन चूर्ण ५० ग्राम, निमबादी चूर्ण ५० ग्राम, पुस्यानुग चूर्ण ५० ग्राम, त्रिफला चूर्ण ५० ग्राम, सीतोपलादी चूर्ण ५० ग्राम, आमलकी चूर्ण १०० ग्राम, बिल्वादी चूर्ण ५० ग्राम, हिङ्गबास्टक चूर्ण ५० ग्राम रहेका छन् । 

यस्तै, खदिरादी वटी, सर्पगन्धाघन वटी, गन्धक रसायन, चन्द्रप्रभा वटी, मटाशङ्ख वटी, रजप्रवर्तिनी वटी, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, कैशोर गुग्गुलु ट्याब्लेट उत्पादनको तयारीमा रहेको उनले जानकारी दिए । 

बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आएको उनले जानकारी दिए । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । उनका अनुसार केन्द्रले प्रदेश सरकारबाट ११९ औषधि उत्पादनका अनुमति पाइसकेको छ ।

सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर नि:शुल्क उपलब्ध गराउने तयारी गरेको छ ।

सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उनले बताए। बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पुर्‍याउने गरी काम गरिएको उनले जानकारी दिए । 

0 Comments