२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा सात फरार प्रतिवादी पक्राउ

अ+ अ-

सुनसरी । सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चोरी मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका-१५ का तेजबहादुर श्रेष्ठलाई सुनसरी जिल्ला अदालतको २०८१ चैत ७ गतेको फैसलाअनुसार रु. पाँच हजार जरिवाना १५० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।

त्यसैगरी, अभद्र व्यवहार मुद्दाका धरान उपमहानगरपालिका-१५ का मनोज विश्वकर्मालाई २०८१ वैशाख २७ गतेको फैसला अनुसार रु चार हजार जरिवाना, चोरी मुद्दाका बराहक्षेत्र नगरपालिका-६ का ज्ञानेन्द्र विष्टलाई २०८० असोज २४ गतेको फैसला अनुसार रु. ६०० जरिवाना तथा बिगो मुद्दाका देवानगञ्ज गाउँपालिका–७ का सतीशचन्द्र यादवलाई २०८२ असार १३ गतेको फैसलाअनुसार ७३० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, चेक अनादर मुद्दाका इटहरी उपमहानगरपालिका-१८ का सविन कुमार खतिवडालाई २०८० चैत ४ गतेको फैसलाअनुसार रु. एक हजार जरिवाना, चोरी मुद्दाका धरान उपमहानगरपालिका-१ का दीपक रिषिदेवलाई रु. तीन हजार जरिवाना तथा सार्वजनिक मुद्दामा बराहक्षेत्र नगरपालिका-२० भरत पौडेललाई अदालतले २०७६ भदौ २६ गतेको फैसलाअनुसार रु. पाँच हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

0 Comments