२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपालभित्रको विद्युत खपतमा असर नपर्ने सुनिश्चित गरेर मात्र अतिरिक्त विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सरकारलाई निर्देशन दिएको छ।

नेपाल-भारतबीच भएको विद्युत खरिदबिक्रीसम्बन्धी दीर्घकालीन सम्झौताविरुद्ध दायर रिटमाथि फैसला गर्दै अदालतले स्वदेशी आवश्यकता पूरा भएपछि मात्रै बाँकी विद्युत निर्यात गर्नुपर्ने उल्लेख गरेको हो।

गत कात्तिक २० मा भएको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको हो। आदेशमा नेपालभित्रको उपभोगमा कुनै कटौती वा प्रतिकूल प्रभाव नपर्ने गरी मात्रै विद्युत बिक्री गर्नुपर्ने उल्लेख गरिएको छ।

उक्त मुद्दामा नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौतालाई प्राकृतिक स्रोतसाधनको बाँडफाँडसँग सम्बन्धित विषय भएको दाबी गर्दै संघीय संसदबाट दुई तिहाइ बहुमतले अनुमोदन गराउनुपर्ने माग राखिएको थियो। यस विषयमा सूर्यनाथ उपाध्यायलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले रिट निवेदन खारेज गरे पनि सरकारलाई केही निर्देशनात्मक आदेश जारी गरेको छ। ती आदेशमार्फत आन्तरिक ऊर्जा आवश्यकतालाई प्राथमिकता दिनुपर्ने स्पष्ट गरिएको छ।

नेपाल र भारतबीच २०८० पुस १९ गते दीर्घकालीन विद्युत खरिदबिक्री सम्झौता भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका समयमा भएको उक्त सम्झौताले दुई देशबीच विद्युत आयात–निर्यातको दीर्घकालीन ढाँचा तय गरेको थियो।

रिट निवेदनमा जलाशय तथा जलाशययुक्त आयोजना सञ्चालनबाट नेपालले अपेक्षित लाभ प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गरिएको थियो। साथै प्रसारण पूर्वाधारसम्बन्धी व्यवस्था भारतको नियन्त्रणमा रहने प्रावधानसमेत नेपालको हित विपरीत रहेको जिकिर निवेदकहरूको थियो।

सम्झौताका केही प्रावधान दीर्घकालीन रूपमा नेपालको हित अनुकूल नरहेको भन्दै संसद्बाट अनुमोदन गराउन माग गरिएको भए पनि अदालतले सम्झौता खारेज गर्न अस्वीकार गर्दै नीतिगत निर्देशन जारी गरेको हो।

0 Comments