काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी र नवीन हुन नसकेको टिप्पणी गरेको छ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै युवराज दुलालले नीति तथा कार्यक्रममा नयाँ दृष्टिकोण र स्पष्ट ऊर्जा अभाव देखिएको बताएका हुन्।
उनले नीति तथा कार्यक्रम परम्परागत शैलीमै सीमित भएको उल्लेख गर्दै जनताले अपेक्षा गरेजस्तो आशालाग्दो योजना समावेश नभएको धारणा राखे। दुलालका अनुसार कार्यक्रममा परिवर्तनको स्पष्ट संकेतभन्दा निरन्तरताकै प्रभाव बढी देखिएको छ।
प्रधानमन्त्रीको संसद् बैठकबाट छिट्टै बाहिरिनुलाई संकेत गर्दै उनले कार्यक्रम प्रस्तुतिमा उत्साह र सक्रियताको कमी अनुभूत भएको टिप्पणी पनि गरेका छन्।







