२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रम अपूर्ण भएको एमाले सांसद नेम्वाङको टिप्पणी, आत्मनिर्भर अर्थतन्त्रमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सुहाङ नेम्वाङले सरकारको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधनलाई केवल राजनीतिक शक्ति-सन्तुलनको गणितीय अभ्यासमा सीमित गर्न नहुने धारणा राखे । उनका अनुसार संशोधन प्रक्रिया अग्रगमन र राष्ट्रिय हितका लागि केन्द्रित हुनुपर्ने आवश्यकता छ ।

नेम्वाङले संविधानलाई केवल कानुनी दस्तावेजका रूपमा मात्र होइन, सहमति र ऐतिहासिक योगदानको प्रतीकका रूपमा बुझ्नुपर्ने बताए । उनले बहुमतको आधारमा मात्र होइन, राष्ट्रिय सहमति र साझा भावनासमेत समेटिने गरी संवैधानिक अभ्यास अघि बढाउनुपर्ने उल्लेख गरे ।

उनका अनुसार नीति तथा कार्यक्रममा जनताको आशा र भरोसा सम्बोधन गर्ने स्पष्ट योजना अभाव देखिएको छ । उनले परनिर्भर अर्थतन्त्रमा आधारित विकास मोडेलले दीर्घकालीन समृद्धि सुनिश्चित गर्न नसक्ने धारणा राखे ।

विदेशी सहायता र अनुदानमा आधारित विकास दृष्टिकोणप्रति प्रश्न उठाउँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताए । उत्पादनमुखी अर्थतन्त्रबिना वितरणको अपेक्षा पूरा हुन नसक्ने उनको भनाइ थियो ।

नेम्वाङले राज्य सञ्चालनमा सुशासनलाई केवल नियन्त्रण वा दण्डात्मक अभ्यासका रूपमा बुझ्न नहुने उल्लेख गर्दै प्रभावकारी प्रणाली र संस्थागत संरचना आवश्यक रहेको बताए ।

साथै उनले सरकारलाई घोषणामुखी नीति मात्र नभई हालसम्म भएका कामको यथार्थ प्रगति विवरण सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।

0 Comments