काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक बस्ने निर्णय गरिएको भए पनि स्थान भने अझै निश्चित भइसकेको छैन ।
सचिव भानुभक्त ढकालले बैठक आह्वान भएको पुष्टि गर्दै बैठक कहाँ बस्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिएका छन् ।
यसअघि अध्यक्ष ओली अनुपस्थित हुँदा पार्टीको कार्यवाहक जिम्मेवारी रामबहादुर थापाले सम्हालेका थिए ।
एमालेले हालसम्म निर्वाचनको औपचारिक समीक्षा प्रक्रिया पूरा नगरेको र तल्ला तहका कमिटीहरूको मूल्यांकनपछि मात्रै केन्द्रीय समीक्षा गरिने तयारी रहेको बताइएको छ ।
स्वास्थ्य समस्यापछि आराममा रहेका ओली हाल भेटघाट र सीमित गतिविधिमा संलग्न भए पनि पार्टीका औपचारिक कार्यक्रमहरूमा भने सक्रिय रूपमा सहभागी भएका छैनन् ।







