२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान पुनरावलोकनका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा विशेष सुझाव आयोग गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

काठमाडौँमा प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार उक्त आयोगमा पूर्वप्रधान न्यायाधीश वा संविधान क्षेत्रका अनुभवी विज्ञको नेतृत्व आवश्यक छ, जसले संसद्भित्र रहेका राजनीतिक दल मात्र नभई बाहिरका सरोकारवालासमेतलाई समेटेर सुझाव तयार गर्नुपर्ने हुन्छ।

केसीले संविधान कुनै एक राजनीतिक दलको इच्छा वा दृष्टिकोणमा मात्र सीमित हुनु नहुने भन्दै यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरी र व्यवहारिक चुनौतीलाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको बहस आवश्यक रहेको बताए।

उनले यसबारे पार्टी नेतृत्वलाई समेत सुझाव दिइसकेको उल्लेख गर्दै अब पार्टीले आगामी कदम कसरी अघि बढाउँछ भन्नेबारे आफू अनिश्चित रहेको टिप्पणी गरे।

देशभित्र राजनीतिक तनाव बढ्दै गएको उल्लेख गर्दै उनले राष्ट्रिय एकताको आवश्यकता अझ बढी महत्त्वपूर्ण बनेको धारणा राखे। उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय राजनीतिक द्वन्द्वको प्रभाव पर्ने संवेदनशील अवस्थामा पुगेको जस्तो देखिन्छ, जसले देशलाई थप सतर्क र एकताबद्ध हुन बाध्य बनाएको छ।

0 Comments