२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल

अ+ अ-

पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ ।

तथ्यांक समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । “पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ । तर, त्यहाँबाट आवश्यक पर्ने तथ्यांक पनि पाउन समस्या भइरहेको छ”, उनले भने, “यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्यांक उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।”

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्यांक दिन उद्योगी–व्यवसायी तयार रहेको पनि दाबी गरे। “कुन कुन औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्यांक दिएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन”, उनले भने, “सम्बन्धित कार्यालयले संघलाई अनुरोध गरेको खण्डमा संघले औद्योगिक प्रतिष्ठानहरूलाई पत्र लेखेरै भए पनि आर्थिक गणनामा सहभागी हुनका लागि अनुरोध गर्न र समन्वय गर्न हामी हरदम तयार रहेका छौँ ।”

पर्सामा तथ्यांक समन्वय कार्यालय वीरगन्जले  पर्सा जिल्लाभरिमा २३ हजार ३००  प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा  सोमबारसम्म भने १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको जनाएको छ । अहिले आर्थिक गणनाका लागि ६६ जना गणक र नौ जना सुपरिवेक्षक खटिएको कार्यालयले जनाएको छ ।

0 Comments