२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानीमैत्री वातावरण र आर्थिक सुधारमा जोड दिँदै नेपाल बिजनेस समिट सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल बिजनेस समिट २०२६ काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त आयोजनामा गरिएको हो।

समिटमा मुख्य वक्ताका रूपमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारलाई आर्थिक तथा शासन प्रणालीमा रूपान्तरण गर्ने स्पष्ट जनादेश प्राप्त भएको उल्लेख गर्दै त्यसअनुसार नीति कार्यान्वयन भइरहेको बताए। उनका अनुसार सार्वजनिक र निजी दुवै क्षेत्रमा परिवर्तनको प्रभाव देखिने गरी काम अघि बढाइएको छ।

उनले सरकार सामाजिक विकासलाई समान अवसरको आधारमा अघि बढाइरहेको उल्लेख गर्दै ऊर्जा क्षेत्र र डिजिटल सम्पर्कतालाई दीर्घकालीन विकासका आधार स्तम्भका रूपमा प्रस्तुत गरे। साथै, निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्दै सरकार पूर्ण रूपमा लगानीमैत्री रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा निक्कीका कार्यवाहक अध्यक्ष कुणाल कयालले नीति निर्माता, उद्यमी, वित्तीय संस्था तथा विकास साझेदारबीच साझा मञ्चमार्फत सहकार्य बढाउनु आवश्यक रहेको बताए। उनले नेपाल-भारतबीच व्यापार, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्क र वित्तीय सहजीकरणको क्षेत्रमा सहकार्य विस्तार भइरहेको उल्लेख गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट ले पछिल्ला पाँच वर्षमा लाभांश बाहिरिने रकम ९७ अर्ब रुपैयाँ र वैदेशिक लगानी आगमन ६० अर्ब रुपैयाँ रहेको तथ्य प्रस्तुत गर्दै नेपालमा लगानी सम्भावना अझै बलियो रहेको बताए।

भारतका लागि पूर्व नेपाली राजदूत शंकर शर्मा ले भारतको छिमेकी प्राथमिकता नीति र क्षेत्रीय आपूर्ति श्रृंखला विस्तारसम्बन्धी पहलले नेपाललाई आर्थिक रूपमा लाभदायी अवसर प्रदान गरेको धारणा राखेका छन्।

समापन सत्रमा परराष्ट्र मन्त्री शिशिर खनालले सुशासन, नीतिगत स्थिरता र संरचनात्मक सुधारमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने सरकारको दृष्टिकोण प्रस्तुत गरे। उनले आर्थिक कूटनीति विस्तार, लगानी प्रवर्द्धन तथा प्रविधि साझेदारीलाई प्राथमिकतामा राखेर व्यावसायिक वातावरण सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

0 Comments