२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्त्री खोलामा पाइन छाडे माछा

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन छाडेका छन् ।

जलविद्युत आयोजना निर्माण भएपछि मिस्त्रीखोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत् गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताए ।

“पहिले मिस्त्रीखोलामा प्रशस्त माछा, पाहा पाइन्थ्यो, पानी सुकेपछि अहिले पाइन छाड्यो,” उनले भने, “खोलामा भएको १० प्रतिशत पानी छाडेपनी सतह घटेपछि माछालगायत जलचरले बासस्थान छाड्दा रहेछन् ।”

विस २०७७ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएपछि नारच्याङ्को दोभिल्नादेखि कालीगण्डकीको दोभानसम्म हिउँदको मङ्सिरदेखि जेठ महिनासम्म मिस्त्रीखोलामा न्युन मात्रामा पानी बग्ने गर्छ । मुख्य याममै माछा पाइन छाडेपछि माछा मारेर जिविकोपार्जन गर्दै आएकाले ज्याला मजदुरी र खेती किसानीको वैकल्पिक पेशा रोजेको बताउँछन् ।

बाँसबोट, नारच्याङ, पटार टोलका बासिन्दाले मिस्त्रीखोलामा माछा मार्ने गरेका थिए । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बगेर आउने चिसो पानीमा हुर्किएका मिस्त्रीखोलाका असला माछाको प्रमुख बजार पर्यटकीयस्थल भुरुङ्ग तातोपानी हो । स्थानीय माछाले माग धान्न नसकेपछि बाहिरबाट मगाउनुपरेको होटल व्यवसायी अमृतमान शेरचनले बताए ।

असला माछाको स्थानीय बजार भाउ प्रतिकिलोग्राम रु एक हजार ५०० देखि एक हजार ७०० रहेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाबाट भौतिक पूर्वाधार र आर्थिक हिसाबले फाइदा पुगेपनि नदीमा पाइने जलचर पाइन छाडेको, पानीका परम्परागत मुहान सुकेर वैकल्पिक व्यवस्था मिलाउनुपरेको र वन्यजन्तुले बासस्थान छाड्ने असर देखिएको बताए ।

“हाइड्रो आएपछि सडक यातायात सुविधा, स्थानीय पूर्वाधार आयोजनामा सहयोग, प्रभावितलाई सेयर लगानीको अवसर मिल्नुका साथै केही नकारात्मक असर पनि देखिएका छन,” उनले भने, “सबैभन्दा ठूलो असर माछालगायत जलचर पाइन र नजिकका जंगलमा वन्यजन्तु देखिन छाडेका छन् ।”

नियमअनुसार १० प्रतिशत पानीलाई खोलामा छाड्न लगाइएको र समय समयमा अनुगमन तथा निगरानी गरिएको वडा अध्यक्ष फगामीले बताए।  नारच्याङ ऊर्जा गाउँको रूपमा परिचित छ । यहाँ ७१ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि पहिलो, ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला, छ दशमलव पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सकिएर सञ्चालनमा आएका छन् ।

६६.५ मेगावाटको मध्य कालिगण्डकी र नौ दशमलव १२ मेगावाटको सुपर घलेम्दी निर्माणाधीन छन् । १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । १२ मेगावाट क्षमताको मिस्त्रीखोला ‘क्यासकेड’ सर्वेक्षणको प्रक्रियामा छ ।

0 Comments