२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातै प्रदेशमा वर्षाको सम्भावना, कोशी र मधेसमा हावाहुरी चल्ने

अ+ अ-

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको दोहोरो प्रभाव परेको जल तथा मौसम विभागले जनाएको छ । यसको असरले हाल देशभर सामान्यतया बदली रहेको छ भने आज देशका सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा हुनेछ। त्यस्तै, मधेस लगायत बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने मधेस लगायत अन्य प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेश लगायत अन्य हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकीका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी र कर्णालीका पहाडी–हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन र तराई भू–भागमा तातो लहर (लु) चल्ने सम्भावना छ। विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अत्यधिक गर्मी हुने भएकोले अत्यावश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

0 Comments