२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मगर सङग्रालय’ नारच्याङ लेक गाउँ

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ लेक गाउँ संस्कृति र प्रकृतिको संगम हो ।

समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुंगे घरहरू रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेक गाउँमा सबै मगर समुदायका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरू भएको लेक गाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युजियम’ भनिएको बताए ।

“पुर्खाहरुले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गेघरहरु मात्र नभएर अर्मपर्म गरेर खेती बाली लगाउने, घुम्ती गोठमा पशुपालन गर्ने, पुर्ख्यौली नाच्ने, भूमे पूजा गर्ने पुरानो चलनले निरन्तरता पाएको छ,” उनले भने, “मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रूपमा लेक गाउँलाई विकास गर्ने प्रयासमा छौँ ।”

संस्कृतिसँगै लेक गाउँ प्राकृतिक रूपमा सुन्दर र रमणीय छ । लेक गाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, माना पाथी र बराह शिखर हिमाल छन् । अन्नपूर्ण हिमालबाट हिउँ पहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ । लेक गाउँको नजिकै समथर स्वाँराफाँट छ । स्वाँरा फाँटमा स्थानीयवासीले खाद्य बाली खेती गर्छन् । हिउँदमा गाई भैँसी र भेडा बाख्राको घुम्ती गोठ राख्छन् । 

वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि आएको टोलीले स्वाँराफाँट धेरै प्रजातिका चराहरूको बासस्थान र नजिकैको जङ्गलमा प्रशस्त जडीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो । खोप्रा लेकको फेदीमा रहेको लेक गाउँ हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।

घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ । प्रचारप्रसारको अभावमा पर्यटकहरूको आगमन हुनु नसकेको वडा सदस्य पुर्जाले बताए । पर्यटकको सुविधाका लागि लेक गाउँमा रेष्टुरेष्ट र घरबास छन् । पर्यटकले चाहनाअनुसार होटेल र घर बासमा बस्न सक्छन् । घुम्ती गोठमा पालिएका गाई भैँसी र भेडा बाख्रा अवलोकन गर्न पाइन्छ । लेक गाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आएको होमनाथ पाण्डेले बताए ।

बेनी–जोमसोम सडकमा पर्ने भुरुङ्ग तातोपानी हुँदै लेक गाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदल यात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेक गाउँ पुगिन्छ । लेक गाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरूको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले लेक गाउँ हुँदै खोप्रा र अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताए । पूर्वाधार निर्माणसँगै लेक गाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरूलाई गाउँ फर्काउने प्रयासमा रहेको उनले बताए । 

0 Comments