२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामप्रसादराई पालिकाद्धारा एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्‍याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताए ।

यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनले धारणा राख्नुभयो । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उनले जानकारी दिए । 

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताए । उनले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

0 Comments