२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सफल बनाउन सबै पक्षको समन्वय निर्णायक रहेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल, कर्मचारी तथा नागरिक तहबाट गरिएको समन्वयात्मक भूमिकालाई महत्वपूर्ण मानिएको छ।

निर्वाचन आयोग, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ सम्बन्धी कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले मतदान प्रक्रियाका क्रममा देखिएका चुनौतीहरू समयमै सम्बोधन गरिएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सकेको धारणा व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले प्रदेशका दुर्गम हिमाली र पहाडी क्षेत्रदेखि तराईका मतदान केन्द्रसम्म मतपेटिका तथा मतपत्र सुरक्षित रूपमा पुर्‍याउन सुरक्षाकर्मीहरूको परिचालन निर्णायक बनेको उल्लेख गरे। प्रशासनिक संयन्त्र र सुरक्षाको प्रभावकारी व्यवस्थापनले निर्वाचन व्यवस्थापनलाई सहज बनाएको उनीहरूको भनाइ थियो।

निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूबाट समेत निष्पक्ष र विश्वसनीय रहेको मूल्यांकन प्राप्त भएको जानकारी दिए। उनले आगामी निर्वाचन प्रक्रियालाई थप आधुनिक बनाउँदै ‘ग्रिन इलेक्सन’ अवधारणा कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबै सरोकारवाला निकायको सक्रिय सहभागिताले निर्वाचन सफल, स्वच्छ र भयरहित रूपमा सम्पन्न भएको निष्कर्ष प्रस्तुत गरे।

आयोगका सहसचिव कमल ज्ञवालीका अनुसार यस निर्वाचनमा बदर मतदर न्यून रहनु सकारात्मक पक्ष हो। उनले मतदाता शिक्षाका लागि देशभरका सबै वडामा एक-एक जना प्रतिनिधि परिचालन गरिएको जानकारी पनि दिए।

समीक्षा कार्यक्रममा निर्वाचनका लागि भएको कुल खर्च तथा प्रतिमतदाता औसत लागतबारे समेत विवरण प्रस्तुत गरिएको थियो। आयोगका अनुसार कुल खर्च करिब रु. ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रहेको र मतदाता संख्याका आधारमा प्रतिमतदाता औसत खर्च करिब रु. २६३ परेको उल्लेख गरिएको छ।

कार्यक्रममा प्रदेशका १४ जिल्लाका निर्वाचन अधिकारी, मोरङका निर्वाचन अधिकृत, पर्यवेक्षक, स्वयंसेवक तथा मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

0 Comments