२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

अ+ अ-

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । 

अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी सञ्चालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेपछि अरुणमा फेरी चल्न नसकेको हो । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी एक सातादेखि बन्द भएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताइन्। यो वर्षको मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द गरिएको हो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोड्ने षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, को सीमानामा पर्ने सतीघाटमा पुल नबनेकाले विकल्पको रूपमा अरुण नदीमा फेरी राखिएको छ । भोजपुरको षडानन्द नगरपालिकाले निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु लैजान र यात्रुलाई आवतजावत गर्नका लागि फेरी सञ्चालनमा ल्याएको थियो । 

अरुण नदीमा राखिएको फेरीले षडानन्द नगरपालिका–६ र खाँदबारी नगरपालिका–९ जोड्छ । यो भोजपुरको उत्तरी क्षेत्रलाई खाँदबारी हुँदै तराईसँग सिधा जोड्ने सडकखण्ड हो । लम्सुवा घाटमा मोटरेबल पुल निर्माण नभएपछि भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको सहजताका लागि सत्तिघाटमा चार वर्षयता फेरी सञ्चालनमा ल्याइएको थियो । फेरीबाट दैनिक १०० भन्दाबढी ठूला र साना यातायात आवतजावत गर्छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो ।  

0 Comments