२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

अ+ अ-

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरे।

केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्याङ्क केन्द्रमा सङ्कलन हुनेछ । मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ ।

जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले किसानको बाहुल्य भएको रौतहटमा हरेक पालिकाका किसानका लागि यस प्रकारको केन्द्र आवश्यक भएको बताए ।

जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले केन्द्र हरेक पाँच किलोमिटरको दूरीमा राख्नुपर्ने बताए । वन क्षेत्रको संरक्षण, पूर्वाधार विकासमा समेत केन्द्रमा महत्त्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख झाले बताए ।

अहिलेको अवस्थामा कृषि तथा जलवायु मौसम मापन केन्द्रबाट ८० प्रतिशत प्रक्षेपण मिलेको उनको भनाइ छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा वा बाढी जस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले मानवीय क्षति न्यूनीकरण गर्न केन्द्रले सहयोग गर्ने धारणा राखे। 

0 Comments